आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

 

२० असोज, गुल्मी । सुख्खा पहिरोका कारण अवरुद्ध भएको मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्ड सञ्चालनमा आएको छ। रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याङ्की नजिकै आइतबार बिहान चट्टानसहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएपछि डोजर परिचालन गरी चट्टानसहितको अवशेष हटाइएको हो। सडक खुल्ला भएपछि सवारीसाधनको आवागमन सहज रूपमा पुनः सुरु भएको उनले जानकारी दिए।

यस सडक खण्डमा हाल २५ किलोमिटर सडक चौडा पार्ने तथा कालोपत्र गर्ने काम भइरहेको छ। निर्माण तथा सुधार कार्यका कारण वर्षायाममा पहिरो खस्ने जोखिम बढ्ने भएकाले सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend