काठमाडौं । पछिल्लो एक घण्टामा सूदूरपश्चिमका विभिन्न स्थानमा पानी परेको छ । हनुमाननगर नगरपालिकामा मात्र ४४ मिलिमिटर वर्षा रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना छ । दिउँसोतिर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका डाँडाकाँडा क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र चट्याङ पर्ने पूर्वानुमान छ ।
त्यसैगरी अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा पनि पानीसँगै चट्याङ र मेघगर्जनको जोखिम रहने देखिएको छ । हाल नेपालमा मनसुन प्रणाली कमजोर भए पनि स्थानीय वायूको प्रभावले वर्षा गतिविधि भइरहेको महाशाखाले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend