काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदहरूलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ।
सोमबार जारी गरिएको रास्वपाको विज्ञप्तिमा प्रवक्ता मनिष झाले हस्ताक्षर गर्दै पूर्व सांसदहरूले तत्काल उक्त कागजातहरू बुझाउनुपर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ।”
यससँगै पार्टीले आफ्ना कार्यकर्तालाई चाडपर्वका अवसरमा पार्टीको ब्यानर वा झण्डा प्रयोग गरी कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको छ।
‘जेन(जीको अगुवाइमा भएको सुशासनका लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनमा ७५ जनाले ज्यान गुमाएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ,’ विज्ञप्तिमा भनिएको छ। यस्तै, रास्वपाले नेताहरूलाई चाडपर्वका बेला शुभकामना पत्रबाहेक कुनै पनि प्रकारको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend