आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

  अध्यक्ष ढकालद्वारा दशैँ–तिहार, नेपाल संवत् र छठपर्वको शुभकामना

  अध्यक्ष ढकालद्वारा दशैँ–तिहार, नेपाल संवत् र छठपर्वको शुभकामना

 

काठमाडौं । पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठपर्वको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

ढकालले आफ्नो शुभकामना सन्देशमा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ लगायत सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरउत्तर प्रगतिका लागि मंगलकामना व्यक्त गर्नुभएको हो ।

उहाँले पर्वहरूले ल्याउने आपसी सद्भाव, भाइचारा र एकताको भावनाले देशलाई अझै बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष ढकालले “हाम्रो संस्कृति, परम्परा र विविधतामै हाम्रो पहिचान रहेको छ, यसलाई जोगाएर अघि बढ्नु सबै नेपालीको साझा जिम्मेवारी हो” भन्ने धारणा पनि सार्वजनिक गर्नुभएको छ ।

ढकालले तयार पारिएको शुभकामना कार्डलाई महासंघ परिवारकै तर्फबाट सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । उक्त शुभकामनामा सबै नेपालीलाई उत्सवमय चाडपर्वले नयाँ उमंग, आशा र ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend