लघुकथा
काठमाडौं । कल्पान्तपुर नाम गरेको राज्यमा सुरभानु नाम गरेका राजाले राज्य गर्दथे । उनको एघारौँ पुस्तामा दल भानु नाम गरेका राजाले राज्य गर्दै गर्दा जनताहरू असन्तुष्ट भएर विद्रोह गरे । उनीहरूको माग थियो शासन जनताको हातमा जानु पर्दछ । अन्तमा उनले त्यो सहर्ष र सहज स्वीकार नगरेपछि सोमदत्त हिराचन र लालचन मिलेर जनविद्रोह गरे जसको फलस्वरूप धेरैले सिन्दुर पुच्छनु पर्यो , कतिका काख रित्तिए ।अन्तत परिवर्तन आयो लालचनले वहुमत ल्याए । उनी नै सर्वोपरि भएर सत्ता हाँक्न थाले ।
अर्कोतिर शेरथुन र कमाउजुन जुनका पनि आ आफ्नै पार्टीहरु थिए । पटक पटक निर्वाचन भयो । सबैले आलोपालो देश र जनतालाई चुसे।
अग्रगमन भएन कहिल्यै सत्ता नछाड्ने र दोस्रो पिँढी तयार गर्न कोही तयार भएनन् ।भ्रष्टाचार व्यापक भयो । अन्तमा अति गर्नु अतिसार नगर्नु भनेझैँ सिमा नाघेपछि अन्यायले युवाहरू जागे र परिवर्तन आयो ।
मेरा मित्र युरोप टुर जानुभएको थियो। फर्किदा एउटा नयाँ आविस्कार भएको चस्मा ल्याइदिनु भएको रहेछ ।त्यसको विशेषता भन्नु नै त्यो लगाएर हेरेपछि पूर्व जन्मको रूप देखिदोरहेछ ।
पहिला मैले मित्रलाईनै हेरेँ। वहाँत साधु हुनुहुँदो रहेछ अनि दलभानुतिर आँखा तेर्स्याएँ त्यो त कुकुर पो रहेछ । त्यसपछि शेरधुनतिर आँखा दौडाएँ ऊ त ब्वाँसो पो रहेछ । त्यसपछि कमाउजुनतिर मेरा आँखा परे ऊ त एउटा छट्टु स्याल पो रहेछ । अन्तमा मेरा आँखा लालचनतिर परे ऊ त ढेडु बाँदर पो रहेछ । यत्ति भएपछि मेरा प्रिय कामरेड , मेरा वा र मेरा दाइ भउजुको त्यस्तो रूपको असली रूप देखेर दिक्क लागेपछि मैले सहन नसकेर त्यो चस्मा नै भाँचेर फालिदिएँ ।
हरिभक्त सिग्देलु महेश
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend