आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज चार नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

आज चार नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

 

 

६ असोज,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा। मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रिपरिषद्मा समावेश गरेका हुन्।

सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय र संसदीय मामिला, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने डा। परियारलाई कृषि मन्त्रालयको नेतृत्व तोकिएको छ। यस्तै, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् भने खरेल सञ्चार मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।

यसअघि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयका लागि संगीता मिश्राको नाम सिफारिस गरेकी थिइन्। तर अन्तिम समयमा उनको सपथ रोकिएको थियो।

जेनजी समूहको प्रस्तावमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गराइसकेकी थिइन्। कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने योजनासहित क्रमशः मन्त्री विस्तार गरिरहेकी छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend