५ असोज,काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो।
तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङको पहलमा शाक्यलाई सरुवा गरी सिलवाललाई प्राधिकरणको नेतृत्वमा ल्याइएको हो। सिलवाललाई घिसिङको विश्वासपात्रका रूपमा चिनिन्छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend