आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नारायणगढ–मुग्लिन सडक तुइन खोलामा पुनः पहिरो, आवागमन रातभरि रोक

नारायणगढ–मुग्लिन सडक तुइन खोलामा पुनः पहिरो, आवागमन रातभरि रोक

 

 

५ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनः पहिरो खसेर सडक पूर्ण अवरुद्ध भएको छ। दिउँसो ४ बजे एकतर्फी सञ्चालनमा आएको सडक साँझ ८ बजे पुनः पहिरो खसेपछि अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले तत्काल पन्छाउन सकिएको छैन। रातको समयमा जोखिम हुने भएकाले प्रशासनले राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन पूर्ण रूपमा रोक्न सूचना जारी गरेको थियो। तर सोभन्दा अघि नै ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोको ठिक सोही स्थानमा आज फेरि ठूलो मात्रामा पहिरो खसेको हो। दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने यो मुख्य सडक अवरुद्ध भएपछि यात्रुहरू समस्या मा परेका छन्।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारीचालकलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। दुई दिनदेखि बाटो बन्द हुँदा केही यात्रु गन्तव्यतर्फ गए पनि पछिल्लो पहिरोले अझै धेरै यात्रु मार्गमै रोकिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend