आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जेन्जी आन्दोलनको माग सम्बोधन नभए औचित्य समाप्त हुनेः अध्यक्ष साह

जेन्जी आन्दोलनको माग सम्बोधन नभए औचित्य समाप्त हुनेः अध्यक्ष साह

 

 

५ असोज,काठमाडौँ । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जेन्जी आन्दोलनबाट सम्भव भएको राजनीतिक परिवर्तनलाई औचित्यपूर्ण बनाउन अन्तरिम सरकार पनि जेन्जीकै नेतृत्वमा गठन हुनुपर्ने बताएका छन् । आइतबार आफ्नै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद् मात्र विघटन गरेर आन्दोलनको माग सम्बोधन नहुने स्पष्ट पारेका हुन् ।

अध्यक्ष साहका अनुसार जेन्जीहरुको विद्रोहले मुलुकलाई नयाँ दिशातर्फ धकेलेको छ । “यो परिवर्तनलाई संस्थागत गर्न संसद मात्र होइन, प्रदेशसभा र स्थानीय सरकारसमेत विघटन गर्नैपर्छ । सबै तहको चुनाव एकैपटक घोषणा गरेर मात्रै जेन्जीहरुको वास्तविक माग सम्बोधन हुन्छ,” साहले भने ।

उनले चेतावनी दिँदै भने, “यदि यो माग पूरा भएन भने जेन्जी आन्दोलनको औचित्य नै समाप्त हुन्छ । आन्दोलनले देखाएको बलिदान र संघर्षको सम्मान हुन सक्दैन ।”

साहले अहिलेको अन्तरिम सरकार संविधानिक आधार कमजोर भएको आरोप लगाउँदै भने, “जनताको बलमा आएको यो परिवर्तनलाई पुरानो संरचनाले धान्न सक्दैन । त्यसैले जेन्जी नेतृत्वको सहभागितासहित नयाँ व्यवस्थाको खाका बनाउन जरुरी छ ।”

पत्रकार सम्मेलनमा उनले जेन्जी आन्दोलनलाई भविष्यको राजनीतिको निर्णायक मोड बताउँदै यो आन्दोलनमाथि कुठाराघात गर्ने प्रयास भए नयाँ संघर्ष अपरिहार्य हुने चेतावनीसमेत दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend