आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा, कस कसको चम्किदै छ भाग्य

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा, कस कसको चम्किदै छ भाग्य

 

५ असोज,काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने तयारीलाई तीव्रता दिएकी छन् । हाल तीन जना मात्र मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र व्यक्तित्व, पूर्व कर्मचारी तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर नयाँ मन्त्री टुंग्याउने प्रक्रिया अघि बढाएकी हुन् ।

उनले आजै नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउने उद्देश्यसहित जेनजीका केही प्रतिनिधि तथा आफ्ना निकट सहयोगीहरुसँग लगातार छलफल गरिरहेको स्रोतले जनाएको छ ।

छलफलमा महावीर पुन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सुदन गुरुङ, रक्षा बम र पूर्व न्यायाधीश अनिलकुमार सिन्हालगायतका नाममा विचार भइरहेको बुझिएको छ । तर औपचारिक निर्णय भने अझै हुन बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री कार्कीले १० देखि १२ सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना तयार पारेकी छन् । उनले एकै जनालाई कम्तीमा दुई मन्त्रालयको जिम्मेवारी दिने सोच पनि अघि सारेकी छन् ।

यसअघि बनेको मन्त्रिपरिषद्मा रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend