आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जेन जी आन्दोलनका सहिदप्रति राष्ट्रिय मुक्ति पार्टीको श्रद्धाञ्जली

जेन जी आन्दोलनका सहिदप्रति राष्ट्रिय मुक्ति पार्टीको श्रद्धाञ्जली

 

१ असोज,काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘जेन जी’ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक क्रान्ति र देशको स्वाधीनताका लागि युवा पुस्ताले गरेको बलिदानलाई स्मरण गरेका हुन्।

विज्ञप्तिमा महतोले ‘जेन जी’ आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने उल्लेख गर्दै यसलाई ऐतिहासिक गौरवका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, “तपाईंहरूको बलिदानले हामीलाई अझ दृढताका साथ संघर्ष गर्न प्रेरित गरेको छ। यो संघर्ष व्यक्तिगत मात्र होइन, जनताको अधिकार, समानता, स्वाभिमान र भ्रष्टाचार विरुद्धको साझा संघर्ष हो।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend