आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालुवाटार अगाडि सुदन गुरुङ समूहको प्रदर्शन, प्रधानमन्त्री कार्कीको राजीनामा माग

बालुवाटार अगाडि सुदन गुरुङ समूहको प्रदर्शन, प्रधानमन्त्री कार्कीको राजीनामा माग

 

३० भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा आफूहरूसँग सल्लाह नगरिएको भन्दै जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ।

गुरुङ समूहले आन्दोलनका घाइते तथा मृतकका आफन्तसहित नाराबाजी गरेको थियो। आक्रोशित मुद्रामा गुरुङले अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा आपत्ति जनाए।

यसैबीच, प्रधानमन्त्री कार्कीले अर्याललाई गृह तथा कानुन मन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जामन्त्री नियुक्त गरेकी छन्। कार्कीले मन्त्रिमण्डल ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन्।

जेन–जी आन्दोलनको दबाबमा पूर्वप्रधानमन्त्री केपी ओलीको राजीनामापछि कार्की अन्तरिम सरकारको नेतृत्वमा आएकी हुन्। प्रतिनिधिसभा विघटनसँगै आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भइसकेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend