आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंमा सुचारु हुन थाले सार्वजनिक यातायात

काठमाडौंमा सुचारु हुन थाले सार्वजनिक यातायात

 

२८ भदौं, काठमाडौं । मंगलबारदेखि ठप्प रहेका सार्वजनिक सवारीसाधन शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन्। शुक्रबार सीमित संख्यामा मात्र चलेका बस र माइक्रोबस शनिबार बिहानदेखि भने काठमाडौंका सडकमा बाक्लै देखिएका छन्। उपत्यकाभित्रका मुख्य मार्गहरूमा सार्वजनिक यातायात सहज रूपमा सञ्चालन भएसँगै यात्रुहरूलाई आवतजावतमा सहजता भएको छ।

जेनजी आन्दोलनका कारण सोमबार नयाँ बानेश्वर वरिपरिको क्षेत्र बाहेक अन्य स्थानमा सवारीसाधन चले पनि मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द भएको थियो।

नेपाली सेनाले लागू गरेको कर्फ्युका कारण समेत सवारी रोकिएका थिए। तर निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बनेको छ र सार्वजनिक यातायात फेरि सुचारु भएपछि उपत्यकामा गतिशीलता फर्किएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend