२८ भदौं, काठमाडौं । नयाँ सरकार गठनसँगै देशभर कर्फ्यु र निषेधाज्ञा हटाइएको छ। केही दिनयता आन्दोलनका कारण अवरुद्ध जनजीवन शनिबारदेखि सामान्य बन्दै गएको छ।
आन्दोलनपछि सुरक्षाका कारण लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै नागरिकहरू आफ्नो पेसा–व्यवसायमा फर्किएका छन्। बजार, कार्यालय, विद्यालयदेखि यातायातसमेत नियमित हुँदै गएका छन्। विशेषगरी युवापुस्तासहित आमनागरिकमा नयाँ सरकारप्रति आशा र उत्साह छाएको छ।
भ्रष्टाचारविरुद्धको आवाज र सुशासन प्रवर्द्धनको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। जनताको चाहनाअनुरूप शान्ति, सुव्यवस्था र कानुनी शासनको अनुभूति दिलाउने लक्ष्यसहित सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend