२६ भदौं, काठमाडौँ । देशका सुरक्षा सङ्गठनहरूले मुलुकको शान्ति–सुव्यवस्थाको अवस्था क्रमशः सहज बन्दै गइरहेको उल्लेख गर्दै त्यसलाई अवरोध गर्ने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेका छन्।
सुरक्षा निकायहरूले जारी गरेको संयुक्त सन्देशमा देशभर शान्ति–सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएका सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिईसकेकाले समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने बताएका छन्।
“सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि गतिविधि नगर्न समाजका सम्पूर्ण पक्षको ध्यानाकर्षण गराइएको छ,” विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend