२६ भदौं, काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभर जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै कर्फ्यु खुकुलो पारिएको हो।
सेनाले बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणलाई पसलबाट सामान खरिद गर्न तथा आवश्यक कामका लागि बाहिर निस्कने अनुमति दिएको छ। त्यसपछि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी रहने र सुरक्षात्मक व्यवस्थालाई कडा पारिने बताइएको छ।
यसैबीच, बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि आवतजावतका लागि निषेधाज्ञा आंशिक खुकुलो गरिने भएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरकारी कर्मचारीलाई भने परिचयपत्र देखाएर सवारी–साधन तथा आवतजावत गर्न दिइएको सेनाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend