आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज देशभर साधारणतया बदली, कोशी–तराई–वाग्मतीमा भारी वर्षा हुने सम्भावना

आज देशभर साधारणतया बदली, कोशी–तराई–वाग्मतीमा भारी वर्षा हुने सम्भावना

 

१८ भदौ, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरिरहेकाले आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

मौसमविद्हरूका अनुसार भारी वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्रमा समस्या आउन सक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend