आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: विभाग

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: विभाग

 

११ भदौं, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी धनीलाई असोज १ गतेदेखि जरिवाना वा जेल सजाय हुने भन्ने समाचार र हल्ला असत्य भएको स्पष्ट पारेको छ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएको “इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारवाही हुन्छ” भन्ने प्रचारप्रति खण्डन गर्दै तत्कालका लागि कुनै पनि किसिमको जरिवाना वा कारवाही नगर्ने जनाएको छ।

विभागका अनुसार सेवाग्राहीले आफू अनुकूल पर्ने यातायात कार्यालयमा गएर स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था मिलाइएको छ। डिजिटाइजेशन कार्यलाई सहज बनाउन पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको र आवश्यकताअनुसार थप प्रबन्धसमेत गरिएको विभागले जनाएको छ।

यसैगरी, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि प्रयोगबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले कुनै संवैधानिक वा कानुनी त्रुटि नरहेको ठहर गर्दै अङ्ग्रेजी लिपि प्रयोग गर्न सकिने स्पष्ट गरेको विभागले जानकारी दिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend