८ भदौं, काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौं केन्द्रिय कार्यकारिणी समिति तथा तेस्रो बागमती प्रादेशिक समितिको सामूहिक उम्मेदवार परिचयात्मक कार्यक्रम आज (आइतवार ) बेलुका हुँदैछ ।
कार्यक्रम ललितपुरमा साँझ ४ः३० बजे सुरु हुनेछ । सो अवसरमा केन्द्रिय अध्यक्ष पदका उम्मेदवार इ. रबि भुषण झा, केन्द्रिय महासचिव पदका उम्मेदवार इ. सुदर्शन शर्मा, बागमती प्रदेश सभापति पदका उम्मेदवार इ. सुमन भट्ट र बागमती प्रदेश सचिव पदका उम्मेदवार इ. आशिष थापालगायतका सामूहिक उम्मेदवारहरूले आफ्नो परिचय प्रस्तुत गर्दै भावी योजना सार्वजनिक गर्नेछन् ।
आगामी भदौ १४ गते हुने सिडेनको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको यस कार्यक्रमले उम्मेदवार र सदस्यबीच प्रत्यक्ष संवाद र परिचय आदानप्रदान गर्ने अवसर दिने आयोजकले जनाएका छन् । सिडेनका सदस्य र इन्जिनियरहरूलाई आजको कार्यक्रममा उपस्थित रहन आह्वान गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend