आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दुई दल पदबाट हटाउन हस्ताक्षर संकलन गर्दै

दुई दल पदबाट हटाउन हस्ताक्षर संकलन गर्दै

३ भदौं, काठमाडौं ।  सत्तारूढ गठबन्धनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर पदमुक्त गर्ने तयारी गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार आकस्मिक संसदीय दलको बैठक बसेर प्रस्ताव अघि बढाइने भएको हो । दुवै दलले अहिले हस्ताक्षर संकलन सुरु गरिसकेका छन् ।

राना मगर हाल अमेरिकामा रहेकी छन् । सचिवालयका अनुसार उनी साउन ३० गते १० दिने व्यक्तिगत भ्रमणमा अमेरिका गएकी हुन् । तर, त्यहीबीचमा मानव तस्करी आरोपको छायाँ चुलिँदै जाँदा उनलाई हटाउने राजनीतिक प्रक्रिया अघि बढाइएको छ ।

उपसभामुखविरुद्धको महाभियोग तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पनि चर्को हलचल देखिएको छ । नेताहरू पार्टी कार्यालयमा जम्मा भई आकस्मिक छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार उपसभामुखमाथि लगाइएको गम्भीर आरोप र राजीनामाको दबाब अस्वीकार भएपछि सत्तारूढ दलहरूले महाभियोगको बाटो रोजेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि यसबारे विस्तृत छलफल भइसकेको जनाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend