१ भदौं,काठमाडौं । जन सार्क समन्वय मञ्च नेपालको नवौं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष हरि बहादुर बिसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा पधाधिकारी तथा सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
साधारण सभामा संगठनको विगतका गतिविधि, आगामी योजना र क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले सार्क राष्ट्रहरूबीच जनस्तरमै मित्रता, सहकार्य र समझदारी बढाउन मञ्चले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै यसको निरन्तरता र मजबुतीकरण आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा पदाधिकारीहरूले संगठनलाई अझ सशक्त बनाउन र युवापुस्तालाई सक्रिय रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै, भविष्यमा जनस्तरको साझा हितलाई प्राथमिकतामा राखी विविध कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
सभाले मञ्चको आन्तरिक संगठनात्मक सुदृढीकरण, सदस्य विस्तार, र क्षेत्रीय विषयमा जनस्तरको सहभागिता अभिवृद्धि गर्ने बारेमा निर्णय गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend