काठमाडौँ । नेपाल टुरिष्ट भेहिकल एशोसिएसन (NTVA) को आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको छ । यसै क्रममा अध्यक्ष पदका उम्मेदवार भिम गोले तामाङको नेतृत्वमा टीम एकजुट भएर अघि बढिरहेको छ । उक्त टिमबाट कोषाध्यक्ष पदमा तेजमान लामा उम्मेदवार बनेका छन् । उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भई समर्थन र हौसला प्रदान गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन् ।
लामाले जिम्मेवारीलाई इमान्दारिता, पारदर्शिता र साझा हितमा निर्वाह गर्ने दृढ संकल्प व्यक्त गर्दै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । टिमले एशोसिएसनलाई व्यवस्थित, पारदर्शी र पेशागत मर्यादामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend