आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

 विदेशी नागरिकलाई नेपाली नागरिक सरह मान्यता दिनु अनुचित : राप्रपा नेता सोभित उप्रेती

 विदेशी नागरिकलाई नेपाली नागरिक सरह मान्यता दिनु अनुचित : राप्रपा नेता सोभित उप्रेती

 

३० साउन ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सोभित उप्रेतीले विदेशी नागरिकता लिएका नेपाली भाषीहरूलाई नेपाली नागरिक सरहको मान्यता दिन नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उप्रेतीले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता वोकिसकेका व्यक्ति नेपाली नागरिक नभई केवल नेपाली भाषी मात्र हुने स्पष्ट पारेका छन्।

उनका अनुसार विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता माग्नु जायज छैन। बरु यस्ता व्यक्तिहरूका लागि ‘नेपाली भाषी परिचयपत्र’ सम्बन्धमा छलफल गर्न सकिने उनले उल्लेख गरेका छन्।

उप्रेतीले विदेशी मुलुकमा रहेका नेपाली भाषी समुदायको पुस्तागत पृष्ठभूमिबारे पनि प्रश्न उठाएका छन्। उनले भारत, म्यान्मार, थाइल्यान्ड, भूटान, चीन र बेलायतमा रहेका नेपाली भाषीहरू कति पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएका हुन् भन्नेबारे स्पष्ट तथ्याङ्क आवश्यक भएको बताएका छन्।

उनका अनुसार विदेशमा रहेका नेपाली भाषीहरूको संख्या नेपालभित्रका नेपाली नागरिकभन्दा बढी छ, तर यो आधारमा उनीहरूलाई पूर्ण नागरिक अधिकार दिने कुरा नेपालको राष्ट्रिय हितविपरीत हुने चेतावनी दिएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend