२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी हप्तामा चीन भ्रमणमा जान लागेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने तयारी गरेका हुन्।
दुई दिने सम्मेलन आगामी ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ, जसको उद्घाटन चीनका राष्ट्रपति सी जिनपिङले गर्नेछन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सदस्य राष्ट्रका उच्चस्तरीय नेतृत्वको उपस्थिति रहनेछ।
प्रधानमन्त्री ओलीको यो भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउन अवसरको रूपमा हेरिएको छ। सम्मेलनको अवकाशमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य राष्ट्र प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend