आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना

 

२५ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा देशभरका नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आज शुभकामना दिँदै उहाँले गाईजात्रा मनाउने परिवारमा छिट्टै शोक निवारण होस् भन्ने कामना गर्नुभयो।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभयो, “गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्। यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्। सबैलाई गाईजात्राको हार्दिक शुभकामना!”

उहाँले गाईजात्रा पर्वको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै यसको सुरुआत मध्यकालीन समयमा नेवारी परम्पराबाट भई राजा प्रताप मल्लको शासनकालदेखि देशव्यापी रूपमा मनाउन थालिएको बताउनुभयो। प्रधानमन्त्रीका अनुसार, मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना दिने उद्देश्यले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्ने चलन सुरु गरिएको थियो, जसले मृत्युको भयलाई कम गर्दै मनोवैज्ञानिक राहत दिन्थ्यो। समयक्रममा यो पर्व हास्यव्यङ्ग्यतर्फ रूपान्तरित हुँदै आएको उहाँको भनाइ छ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व आज काठमाडौं उपत्यकासहित देशभर विभिन्न सांस्कृतिक तथा व्यङ्ग्यात्मक कार्यक्रमका साथ मनाइँदैछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend