१५ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको नायकका रूपमा चित्रण गरेका छन् । एक अनलाइन टेलिभिजनसँगको कुराकानीमा उनले ओलीको नेतृत्व क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै एमालेभित्रै पनि ओलीको कुनै विकल्प नरहेको दाबी गरेका हुन् ।
रिजालले पार्टीभित्र देखिएको असन्तुष्टि र गुटगत गतिविधिप्रति कडा टिप्पणी गर्दै केही अराजक तत्वहरूले पार्टी अनुशासन तोडेको र त्यस्ता तत्वलाई पार्टीले चाँडै ठेगान लगाउने बताएका छन् ।
यसै क्रममा उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम प्रयोग गर्दै भइरहेको राजनीतिक चहलपहलप्रति आपत्ति जनाए । भण्डारीजस्तो राष्ट्रपतिको गरिमा बोकेको व्यक्तिले सक्रिय राजनीतिमा आउन नहुने उनको भनाइ छ । उनले केही व्यक्तिहरूले भण्डारीलाई उचालेर एमालेभित्र भ्रम सिर्जना गर्न खोजेको आरोपसमेत लगाए ।
“ओलीज्यूले मुलुकलाई स्थायित्व र राष्ट्रियताको मार्गमा डोऱ्याउनुभएको छ, उहाँको विकल्प एमालेमा छैन,” रिजालले भने, “पार्टीलाई कमजोर बनाउन खोज्नेहरू सफल हुने छैनन् ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend