आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

(राप्रपा) नेपालका केन्द्रिय सदस्य उद्धव मिश्र नुवाकोट जिल्ला संयोजकमा मनोनित

(राप्रपा) नेपालका केन्द्रिय सदस्य उद्धव मिश्र नुवाकोट जिल्ला संयोजकमा मनोनित

१५ साउन, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रिय सदस्य उद्धव मिश्र नुवाकोट जिल्ला संयोजकमा मनोनित भएका छन् । पार्टी नेतृत्वले उनलाई जिल्ला संगठन सुदृढ गर्दै आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नका लागि यो जिम्मेवारी दिएको हो ।

मिश्र राजनीति क्षेत्रसँगै कला र सांस्कृतिक क्षेत्रमा समेत सक्रिय व्यक्तित्व हुन् । उनले दर्जनौं टेलिफिल्म निर्माणमार्फत नेपाली समाजका विविध आयाम उजागर गर्दै आएका छन् । राप्रपा नेपालभित्र लामो समयदेखि सक्रिय रहेका मिश्रको अनुभव र सामाजिक पहिचानलाई ध्यानमा राख्दै पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताइएको छ ।

जिल्ला संयोजकमा मनोनित भएपछि मिश्रले पार्टीको विचारलाई जनस्तरसम्म लैजाने, संगठन सुदृढ गर्ने र जनअपेक्षा अनुरूप भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend