२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले स्पेन भ्रमणका क्रममा भएका प्रगति र समसामयिक राजनीतिक गतिविधिबारे जानकारी दिने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। आजकै बैठकमा निजामती सेवा विधेयकमा भएको विवादित संशोधनबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने तयारी समेत गरिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट दुई वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखेर पठाइएको विधेयक संसदले उक्त प्रावधान निष्प्रभावी हुने गरी पारित गरेपछि यस विषयले विवाद निम्त्याएको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend