आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री

अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री

 

७ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने बताएका छन ।

आज बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने भन्दै मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने बताए । ‘काठमाडौँवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छ’, उनले भने ।

विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको भए पनि अहिले असोज महिनामै पानी ल्याउन सफल भएको उनले बताए ।

 

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै भएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend