४ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच हाल बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सुरु भएको यो वार्तामा दुवै दलका प्रभावशाली नेताहरूको सहभागिता रहेको छ।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का तथा एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।
बैठकमा संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको अवरोध, हालैको बजेटसँग सम्बन्धित विषयहरू तथा समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भइरहेको स्रोतले जनाएको छ। देशको राजनीतिक स्थायित्व, नीति कार्यान्वयनको प्रक्रिया र बजेट पारित गर्न आवश्यक सहकार्यबारे पनि बैठक केन्द्रित रहेको अनुमान गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend