सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिक चरित्र र देशको अबस्था

राजनीतिक चरित्र र देशको अबस्था

भक्त केसी,
२८ जेठ, काठमाडौं । नेपालको राजनीतिक इतिहासमा श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवको नेतृत्वमा २००७ सालदेखि सुरु भएको जनआन्दोलनको शृंखला २०४६ र २०६२/०६३ सालसम्म आइपुग्दा विभिन्न मोड लिएको देखिन्छ। पछिल्लो समय — १५ जेठ २०८२ मा सुरु भएको संयुक्त  जनआन्दोलन चौथो चरणमा प्रवेश गर्दै गर्दा ४४ वटा शक्ति सहभागिता जनाउँदै राजसंस्था, हिन्दू राष्ट्र, र संघीयता खारेजीको एजेन्डा लिएर आन्दोलन अघि बढेको अवस्था हो । आन्दोलनको स्वरूप शान्तिपूर्ण भए पनि तीनकुनेमा भएको झडपमा एक पत्रकार र सर्वसाधारणको मृत्यु हुनु दुःखद र चिन्ताजनक विषय हो, जसको जवाफदेहिता कसले लिने भन्ने प्रश्न उभिएको छ।  दुर्गा प्रसाईको भारत प्रवेश, डा धवल शमशेर  राणा  तथा  रविन्द्र मिश्रको गिरफ्तारी, अनि  कमल थापासहित नेताहरूको पक्राऊपछि आन्दोलन मन्थर हुँदै फेरि उठ्ने क्रम देखिएको छ। यद्यपि वर्षा र खेतीपातीको समयका कारण आन्दोलनलाई सावधानीपूर्वक अघि बढाउने निर्णय गरिएको छ।
संयुक्त बैठकमार्फत गरिएको निर्णय कार्यान्वयनको क्रममा राजसंस्थावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा आयोजना गरेको प्रदर्शन राजावादी आन्दोलनको चौथो दिनमा प्रवेश गरेको थियो। सोही प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष  कमल थापालाई प्रहरीले पक्राउ गरेपछि स्थिति थप तनावग्रस्त बन्यो।  थापासहित ५ जना नेताहरूको गिरफ्तारी पछि समुक्त जनआन्दोलन सम्बन्धी संयुक्त बैठकले तत्कालका लागि आन्दोलन अर्को निर्णय नआउञ्जेलसम्म स्थगित गर्ने निर्णय गरेको देखिन्छ।
नेपालको वर्तमान अवस्थाले चौथो जनआन्दोलनको संकेत दिइरहेको छ, विशेष गरी युवा वर्गमा पलायन, भोगविलासी जीवनशैली, सामाजिक सञ्जालको आडमा फैलिएको देखावटीपन र बिबेकहीन स्वतन्त्रता एकप्रकारको सामाजिक विकृति बनिसकेको छ। रोजगारीको अभाव र अनिश्चित भविष्य विदेश जाने रहर, यहाँ टिकेर काम गर्ने प्रेरणा कम शिक्षा र चेतनाको अभाव, सामाजिक सञ्जालको भ्रामक प्रभाव यसले वृद्ध युवा सबैमा समग्र सामाजिक सुरक्षामा पनि असर पार्छ।यद्यपि केही सचेत युवा फेरि जाग्रत हुँदै आन्दोलनको पक्षमा उभिन थालेका छन्। आज प्रश्न उठ्छ — राजसंस्थावादी, गणतन्त्रवादी, एमाले, कांग्रेस र माओवादी किन देशहितमा सहकार्य गर्न सक्दैनन् ?   समस्या शासनप्रणाली होइन, कुशासन, भ्रष्टाचार र बेथिति हो। नेताहरूले गल्ती गरेका छन् भने आम माफी मागेर राजनीतिबाट सन्यास लिनु श्रेयस्कर हुन्थ्यो। राजाबाट आम माफी गरेको देखेका पनि छौ र इतिहास पनि छ। गणतन्त्र बादी , एमाले , कांग्रेस , मयोवादी बरु देशलाई अस्थिर बनाउने अभ्यास दोहोरिएको छ। बुद्धिजीवीहरूले सकारात्मक सुझाव दिनुपर्ने बेलामा मौनता देखाउनु अर्को दुर्भाग्य हो।

ज्ञानेन्द्र वीर विक्रम शाहदेवले जुन सहज रूपमा जनताको नासो जनतालाई   बुझाए भनेर श्रीपेज झिकी दिएकोछ  भन्दै जिम्मेवारी जनतामा सुम्पिबक्सेको थियो, त्यो शान्ति र सुव्यवस्थाको लागि थियो।   नागरिकले उठाएको पुनरसंरचनाको आवाज अवहेलना गर्नु उपयुक्त छैन। यदि सबै पक्षले विगतका अनुभव, वर्तमानको यथार्थ, र भावी पुस्ताको हितलाई केन्द्रमा राखी संयुक्त बैठक गरेर सहमति खोज्ने हो भने — नेपाललाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ। आखिर हामी सबै एक अर्कालाई न चिनेका छैनौ र नबुझेका पनि होइनौ । अब संका गर्नु भन्दा सम्वाद, संयम र समझदारीको राजनीति आवश्यक छ।
जसले ठूला गल्ती गरेका छन्, उनीहरूले आम माफी मागेर सन्यास लिएर नयाँ पुस्तालाई बाटो खुला गरिदिएको भए देशमा आजको जस्तो अस्तव्यस्तता हुने थिएन। ‘कहीं नभएको कुरा नेपालमै हुन्छ’ भन्ने सोच किन फैलन पुग्योरु विवेकीहरूले सही समयमै सकारात्मक सुझाव दिएका भए परिस्थितिमा सुधार आउन सक्थ्यो। तर दुर्भाग्यवश बुद्धिजीवी वर्गको आवाज पनि विभाजित देखिन्छ। कहिले काँही लाग्छ—के नेपालीहरूलाई साँच्चै आफ्नो देशप्रतिको माया हराउँदै गएको त होइनरु यही प्रश्न आज हरेक सचेत नागरिकको मनमा गहिरिंदै गएको छ। केसी,  राप्रपा नेपालका नेता हुनुहुन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend