भक्त केसी,
१८ जेठ,काठमाडौँ नेपाली राजनीति फेरि एकपटक अनिश्चित रुपमा आन्दोलित छ। नेताहरूको अनुहार उस्तै छन्, पुराना राजनीतिज्ञ अग्र पंग्तिमा तर भाषणहरू नयाँ बनेका छन्। सत्ताको खेल र गठबन्धनको गणितबीच जनताले फेरि प्रश्न गरिरहेका छन् — “कसको मनमा के छ? के छ?” परिबर्तन चाहियो। भ्रष्टाचार रोक, देशको विकास गर, हामीसँग प्रशस्त स्रोतसाधन छन्, उत्पादन सुरु गर, हाम्रो देशलाई अन्य देशको व्यापारीक बजार नबनाऊ। देखिन्छ सत्तामा चाहना, जनताको दुःखमा चुप्पी किन किन ?
अहिले देखिन थालेको प्रवृत्तिले देखाउँछ — सत्ता र कुर्सी प्राप्तिका लागि नेताहरू एक–अर्कासँग हात मिलाउन पनि तयार छन्, अनि “कसैको पछाडि उसको निन्दा गर्नु”, पनि छोडेका छैनन , तर जनताको पीडा, बेरोजगारी, महँगी, र देश छोड्दै गरेका युवाको पीडाले उनीहरूलाई खासै छोएको देखिँदैन।नागरिक आवाज बुलन्द छ।
सरकार प्रति नागरिकको विश्वास गुम्दै छ , राजनेता स्वार्थमा हावी छन्। यसै कारण आन्दोलित नगरी दिन प्रतिदिन आक्रोसित छन्। भेद भाब नगरी अगाडी आउनु पर्छ।
राजनीतिक टिप्पणीकारहरू भन्छन् – “अब नेताहरूको भनाइमा जनताको विश्वास कम हुँदै गएको छ। जनताले धेरै चोटि आशा गरेका थिए, तर परिणाम उस्तै छ। अहिलेको अवस्था यस्तो छ, जहाँ स्वार्थ हावी छ, तर नीति, सिद्धान्त र दृष्टिकोण हराउँदै छन्।”
परिवर्तनको माग चर्किंदै सडकदेखि सामाजिक सञ्जालसम्म परिवर्तनको आवाज सुनिन थालिएको छ। युवाहरू विशेषगरी मौन समर्थन होइन, सक्रिय संलग्नताका लागि अघि बढ्न थालेका छन्। देशभित्रै र देशबाहिर रहेका नेपालीहरूको एउटै आवाज छ — “अब पुरानालाई होइन, नयाँ सोच र निष्ठालाई मौका दिऔँ।”
“के छ?” भन्ने प्रश्न सिधा छैन। तर एउटा कुरा प्रष्ट छ — देश बदलिनेछ कि फेरि एकचोटि त्यही घुम्तीमा पुग्नेछ, त्यो नेताहरूको नियतमा निर्भर छ। जनताको नजर अब भाषणमा होइन, कर्ममा केन्द्रित हुँदै गएको छ।
नेताहरूको मनमा:
सत्ता, पद र स्वार्थ: धेरैजसो नेताहरू सत्ता प्राप्ति, कुर्सी जोगाउने, र आफ्ना समूहको लाभको बारेमा सोचिरहेका हुन्छन्। जनताको चासो भन्दा पहिले दलको हित: पार्टीको नाफा–नुक्सान, गठबन्धन कसरी बनाउने भन्ने कुरामा बढी ध्यान हुन्छ। चुनावी तयारी: आउँदो चुनावमा कसरी जित्ने, कुन वर्गलाई कसरि लुभाउने भन्ने सोच।
जनताको मनमा:
थकाई र निराशा: पटक–पटक आशा गरेर धोका पाएका जनतामा अब निराशा गहिरिँदै गएको छ। परिवर्तनको चाहना: अब यथार्थमा केही फरक देख्न चाहन्छन् – केवल भाषण होइन, काम। वैकल्पिक नेतृत्वको खोजी: नयाँ अनुहार, नयाँ सोच, र पुराना नेताहरूको विकल्प खोज्ने मनस्थिति बनिरहेको छ।
युवाहरूको मनमा:
राजनीतिबाट टाढिने मनोवृत्ति: धेरैजसो युवाहरू राजनीतिप्रति रुचि गुमाउँदै गएका छन्। विदेश जाने सोच: देशमा भविष्य नदेखेर बहिर जानु परेको छ।
कहिलेकाहीं क्रान्तिकारी भावना: तर जब देश डुब्ने स्थिति आउँछ, युवाहरूले नै क्रान्तिको बाटो रोज्ने सम्भावना पनि हुन्छ।जाग्नु पर्यो युवा आउनु पर्यो नेपाल फर्केर बनाउनु पर्यो देश , हामीकाहा सबै छ गर्ने कोहि छैन। भिजन मिसन र लक्ष्य बिना देश विकास हुन सक्दैन
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend