सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओली पोखरा जाँदै, राष्ट्रिय युवा संघको महाधिवेशन उद्घाटन गर्ने

प्रधानमन्त्री ओली पोखरा जाँदै, राष्ट्रिय युवा संघको महाधिवेशन उद्घाटन गर्ने

 


९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पोखरा जाँदैछन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि उनी हेलिकप्टरमार्फत बिहान ११ बजे पोखरा पुग्ने कार्यक्रम तय भएको छ।

अमरसिंह चौरमा आयोजना हुने भव्य समारोहलाई उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको आगमनसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिएका छन्।

उद्घाटन सत्रमा ओलीसँगै एमाले महासचिव शङ्कर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ।

युवा संघ नेपालका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य राजीव पहरीका अनुसार महाधिवेशनमा देशभरिबाट करिब २ हजार प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशनसँगै संघको नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्नेछ। अध्यक्ष पदमा हालका अध्यक्ष क्षितिज थेबे पुनः उम्मेदवार बन्न इच्छुक छन् भने उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम र महासचिव सुमन पुरी समेत नेतृत्वको दौडमा छन्।

राजनीतिक ऊर्जा, संगठनको दिशा र नयाँ पुस्ताको नेतृत्वको सवालमा यो महाधिवेशनलाई एमाले निकट युवा आन्दोलनको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend