आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

१ जेठ, काठमाडौँ ।संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा केही महत्वपूर्ण संसदीय कार्यसूचीहरू अगाडि सारिने भएका छन्।

बैठकको सम्भावित कार्यसूचीअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले‘ समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नेछन्।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘समितिको वार्षिक प्रतिवेदन, २०८१/८२’ पेस गर्ने कार्यसूचीमा रहेको छ।

यससँगै प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल पनि जारी रहनेछ जहाँ विभिन्न दलका सांसदहरूले आगामी बजेट नीतिबारे आफ्ना धारणा राख्नेछन्।

विधेयक र प्रतिवेदनहरू पेस हुनुका साथै बजेट सन्दर्भमा सांसदहरूले प्रस्तुत गरिरहेका विविध सुझाव, आलोचना र समर्थन संसद्को यो बैठकलाई आगामी आर्थिक वर्षको नीति निर्धारणतर्फ महत्त्वपूर्ण दिशातर्फ डोऱ्याउने संकेत देखिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend