३१ वैशाख , काठमाडौँ । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर सुरु भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको छ। ठूलो प्रयासपछि नियन्त्रणमा ल्याइएको आगोले दुई वटा घरमा गम्भीर क्षति पुर्याएको छ — दयाराम श्रेष्ठको चारतले कच्ची घर र त्यससँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले पक्की घर।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, आगलागीमा एक महिलाको ज्यान गएको छ तर हालसम्म उनको पहिचान खुल्न बाँकी रहेको छ। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र काठमाडौं उपत्यकाका ६ वटा दमकल प्रयोग गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend