आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

२८ वैशाख, काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बिहान ८ बजे प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक–२०८० को अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार समितिको यो बैठक संघीय निजामती सेवा सम्बन्धी कानुनी संरचनालाई अन्तिम रूप दिने तयारीस्वरूप महत्वपूर्ण रहेको छ, जसले भावी कर्मचारी व्यवस्थापन, सेवा सर्त, र प्रशासनिक ढाँचा निर्माणमा प्रभाव पार्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend