आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्रोत नखुलेको १४ लाखसहित दुई पक्राउ

स्रोत नखुलेको १४ लाखसहित दुई पक्राउ

२५ वैशाख, काठमाडौँ . स्रोत नखुलेको १४ लाख रुपैयाँसहित तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend