आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२४ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend