२२ बैशाख, काठमाडौँ । आज एक्कासी प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
उहाँहरुबीच करिब २ घण्टा छलफल भएको बुझिएको छ । भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरूका विषयमा छलफल भएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले आइतबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । यी दुबै भेटमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीको मानवअधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend