सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिक नेतृत्वमा गाली–गलौजको संस्कृति

राजनीतिक नेतृत्वमा गाली–गलौजको संस्कृति

भक्त केसी,
२२ वैशाख, काठमाडौं । नेपालको राजनीति पछिल्ला वर्षहरूमा विचार, सिद्धान्त र नीति भन्दा पनि व्यक्तिगत आक्षेप, अपमानजनक टिप्पणी र गालीगलौजले ठाउँ लिएको छ। संसदीय बहसदेखि सामाजिक सञ्जालसम्म, नेताहरू बीचको संवाद अब राष्ट्र कसरी बनाउनेरुु भन्ने प्रश्नभन्दा धेरै ‘को कति गाली दिन सक्छर ? ’ भन्ने प्रतिस्पर्धामा खुम्चिएको छ।विपक्षी नेतालाइ जति भद्दा गाली गर्यो त्यतिनै वा-वा हुँने कस्तो बस्यो सस्कार , राजनीति गालीको खेल होइन, विचारको यात्रा हो। जुन दिन राजनीतिक नेतृत्व विचारमा फर्कन्छ, त्यही दिन देश समृद्धिको बाटोमा फर्किन्छ।
आज राजनीति शिक्षा, अनुभव र दृष्टिकोणको प्रतिस्पर्धा होइन, ट्रोल र ट्रेन्डको मैदान जस्तो बनाइएको छ। सामाजिक सञ्जालमा ‘कडा बोलेपछि कडा नेता’ ठानिने सोचले लोकतान्त्रिक संवाद संस्कार ध्वस्त बनाउँदैछ।गाली गरेर केही समयको लोकप्रियता त कमाउन सकिन्छ, तर समाजको सुधार, राज्यको निर्माण, र जनताको समस्या समाधान हुन सक्दैन। विचार, तर्क र तथ्यविहीन राजनीति केवल भीड तान्न सक्ने माध्यम हो — विकास ल्याउने होइन।राजनीतिक दलहरू अब आफ्ना नीति र दर्शन प्रस्तुत गर्नभन्दा बढी अरूलाई खुइल्याउने काममा लागिरहेका छन्। यस्ता व्यवहारले आम जनतामा राजनीतिप्रति वितृष्णा बढाएको छ। जनताले ‘नेता भनेको बुद्धिजीवी हुने हो’ भन्ने विश्वास गुमाउँदैछन्।नेपालको राजनीति पछिल्ला वर्षहरूमा विचार, सिद्धान्त र नीति भन्दा पनि व्यक्तिगत आक्षेप, अपमानजनक टिप्पणी र गालीगलौजले ठाउँ लिएको छ। संसदीय बहसदेखि सामाजिक सञ्जालसम्म, नेताहरू बीचको संवाद अब ुराष्ट्र कसरी बनाउनेरुु भन्ने प्रश्नभन्दा धेरै ‘को कति बेतुकको गाली दिन सक्छरु’ भन्ने प्रतिस्पर्धामा खुम्चिएको देखिन्छ ।राजनीतिकर्मीहरूबीच इज्जत, विमर्श र तथ्यमा आधारित बहस भन्दा भावनात्मक, सतही र अपमानजनक भाषा प्रयोग बढ्दै गएको छ।

सम्मानित भाषा भनेको त्यो हो, जसले विचार, भावना र सम्बन्धहरूलाई सम्मानपूर्वक प्रस्तुत गर्न सक्दछ। कुनै भाषा केवल शब्दको समूह होइन — त्यो एउटा सभ्यता, विचारधारा र चेतनाको संकलन हो। त्यसैले, सबै भाषा आदरणीय हुन्छन्, तर सभ्य प्रयोग गरिने भाषा अझ सम्मानित बन्छ।
संस्कृतिले सिङ्गो राष्ट्रको जीवनशैलीलाई चिनाउँछ । सामाजिक, सांस्कृतिक जीवन र धार्मिक, राजनैतिक, आर्थिक जीवनका गतिविधि समेत संस्कृतिका अङ्गभित्र पर्दछन् । प्राचीन युग र विधि र व्यवहारको सङ्गम संस्कृति नै हो। नेपालको पहिचान, संस्कृति, परम्परा र जनजीवन हिन्दू सभ्यताको आधारमा निर्मित छन्। नेपालको मूल आत्मा, पहिचान र संस्कृति हिन्दू सभ्यतासँग गाँसिएको छ।ूसभ्य बोलीबचनू भन्नाले सार्वजनिक तथा निजी जीवनमा प्रयोग गरिने शालीन, सम्मानजनक, संयमित र सकारात्मक भाषालाई जनाइन्छ। राजनीति, समाज, परिवार वा कुनै पनि सामाजिक संवादमा सभ्य बोलीबचनको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ।आउने पुस्ताले सिक्ने सिकाउने कुरा हुन्छ। सभ्य बोली केवल शब्दको चयन मात्र होइन, त्यो व्यक्तिको चरित्र, संस्कार र मूल्यबोधको प्रतिबिम्ब हो। जसरी एउटै फूलले बगैँचाको शोभा बढाउँछ, त्यसैगरी एउटै सभ्य शब्दले पनि सम्बन्ध सुधार्न सक्छ, मन जित्न सक्छ, र समाजमा सकारात्मक ऊर्जा फैलाउन सक्छ।शालीनता,सम्मान,संयमता,सकारात्मकता हो। आजको राजनीतिमा जति विचारको खडेरी छ, त्यति नै असभ्य बोलीको बाढी आएको देखिन्छ। नेताहरूको भाषणले जनतालाई उत्प्रेरणा दिनुको साटो विभाजन, घृणा र निराशा फैलाइरहेको छ।बच्चाहरूले जे सुन्छन्, त्यही सिक्छन्। अभिभावक, शिक्षक र समाजका अगुवाहरूले सभ्य भाषा प्रयोग गर्दा नै संस्कारको शिक्षा सम्भव हुन्छ।सशक्त समाज निर्माणको पहिलो खुड्किलो भनेकै सभ्य संवादको संस्कृति हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend