आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा

संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछः कमल थापा

  • शुक्रबार, २३ फाल्गुन २०८१

२३ फागुन, काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिनु भएको छ ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताउँनु भएको छ । संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी समेत दिनु भएको छ ।

राप्रपा नेपालसहितका राजावादी दलहरु र अभियानहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने क्रममा भव्य स्वागतको तयारी गरेको सन्दर्भमा थापाले यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले भभन्नु भएको छ्, ‘राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ । राजादेखि सर्वसाधारण जनतासम्म कसैले पनि यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ र जनताले प्रतिकार गर्न वाध्य हुनेछन् । चेतना भया !’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend