आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न

तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न

२० फागुन, काठमाडौँ । बिरिसु मिडियाद्धारा आयोजित तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननिय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु । बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन ।

कार्यक्रममा त्रिशक्ती डान्स ग्रूपका कलाकार, मोडल म्हेन्दो घिसिङ र सिर्जना घिसिङले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्ण राज भण्डारीले आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयक मनोज डंगोल, सिवन पोखरेल र मिन सागर लामा रहेका थिए । कार्यक्रममा सभापतित्व बिरिसु मिडिया प्रालिका अध्यक्ष विवेक लोप्चनले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कर्म लामा लोले गरेका थिए । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend