९ फागुन, काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित मेरै हातको सिन्दुर बोलको आधुनिक गीत आज राजधानीमा एक समारोहका बीच सार्वजनिक भएको छ । गायक बिनोद दनुवारको स्वरमा रहेको यस गीतको शब्द सङ्गीत सन्तोष श्रेष्ठको हो भने उक्त गीतको म्युजिक भिडियो बिनोद दनुवारको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।

राजधानीमा आज भएको कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पुर्ब मन्त्री मा मिर्गेन्द्र कुमार सिंह यादवको प्रमुख उपस्तिथिमा गीत सार्वजनिक भएको थियो त्यस्तै विशिष्ट अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको उपस्थिती थियो । सुरेश थापाले निर्देशन गर्नु भएको गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लक्ष्मी सुनारको दमदार अभिनय देख्न सकिन्छ । त्यस्तै यस गीतमा दिवाकर भण्डारी, सपना कार्की,बिक्रम ठकुरिले साथ दिएका छ्न।
यो गीत निकै मार्मिक मर्मस्पर्सी रहेको यस गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको सहरीया बुहारी नामक टेलि सिरियल अभिनय गर्दै आइरहेको चर्चित कलाकार पनि हुन । भुवनले अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन । गाईका सुनिता तिमल्सिना हुनुहुन्छ भने यस कार्यक्रमको सभापति सुरज खनालले गर्नु भएको थीयो। सम्मान पत्र बितरण सन्सा फिल्मले गरेको थीयो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend