सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटनाः एक जनाको ज्यान गयो, पाँच घाइते

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटनाः एक जनाको ज्यान गयो, पाँच घाइते

२५ माघ, काठमाडौं । झापाबाट काठमाडौंतर्फ आइरहेको निजी सवारीसाधन दुर्घटना भएको छ । बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका छन् । साथै घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले बताउनु भयो ।

यस्तै मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीया देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उहाँले जानकारी दिनु भयो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend