शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनु भएको छ ।

उहाँले दिउँसो १ बजे बोलाइएको बैठकमा सम्बोधन गर्ने हुनु भएको हो । माओवादी संसदीय दलका नेतासमेत रहनु भएका प्रचण्डले दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्नु भएको थिएन ।

दोस्रो अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने सम्बोधन गर्नु भएको थियो ।

आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend