१९ माघ, काठमाडौं । पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालिएको दाबी गर्नु भएको छ । सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो दाबी गर्नु भएको हो ।
आफ्ना मान्छेहरू मुछिन थालेपछि ठुला दल रातारात घाँटी जोड्न पुगेको भन्दै उहाँले भ्रष्टाचार र अनियमितता रोक्न खोज्दा सरकार ढलेको उल्लेख गर्नु भयो । वर्तमान सरकारले विगतमा सुरु गरेका कामहरु अवरुद्ध गरेर भ्रष्टाचार ढाकछोप गर्नमा केन्द्रित भएको उहाँको भनाइ थियो।
उहाँले दुई तिहाइको बलियो मतको सरकारले समेत केही गर्न नसक्दा जनतामा निराशा बढेको बताउनु भयो । सरकारको नीति र कार्यले जनतामा विश्वास पैदा गर्न नसकेको उहाँको भनाइ थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend