१९ माघ, काठमाडौँ । नेपाल सरकारद्वारा राष्ट्रिय सभामा दर्ता गरिएको ूसामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकू प्रति माओवादी केन्द्रले कडा असहमति प्रकट गर्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा विधेयकलाई संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भन्दै सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएको छ।
माओवादी केन्द्रको ठहर छ कि सामाजिक सञ्जाल नियमनको बहानामा सरकार आफूविरुद्ध उठेका आवाज दबाउने, आलोचना रोक्ने र जनताको मौलिक हक कुण्ठित गर्ने खेलमा लागेको छ। सरोकारवालाहरूको सुझावबिनै सरकारले विधेयक संसदमा पेश गरेको भन्दै माओवादी केन्द्रले संसदभित्र र बाहिर व्यापक छलफल आवश्यक रहेको उल्लेख गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend