शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

 

१९ माघ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार माघ १९ र २० गतेका लागि बोलाइएको बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि सुरु हुने छ ।

 

उहाँका अनुसार बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने छ ।

 

पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend