१५ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो ।
फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जनाएको छ ।
‘यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend