शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाको सचिवालय बैठक आज बस्दै

रास्वपाको सचिवालय बैठक आज बस्दै

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। सोमबार बिहान साढे ११ बजे बैठक पार्टी कार्यालय वनस्थली, काठमाडौँमा बस्ने पार्टीका एक जना नेताले जानकारी दिएका छन ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव  सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता विषयमा, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेन्डा रहेको जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend